जोक्स: मिठाई पसलमा शेरे
शेरे एउटा मिठाइ पसलमा गएछ ।
शेरे : साहुजी एक किलो जलेबी जोख्नुस् ।
पसले : जोखेँ, अरु केही ?
शेरे : किलो पेडा जोख्नुस् |
पसले: अनि … !
शेरे: एक किलो रसबरी पनि जोख्नुस् |
पसले: (खुसी हुँदै) यति मात्रै ?
शेरे: के-को यति मात्रै ? त्यो जलेबी, पेडा, रसबरीलाई एउटै भाँडोमा हाल्नुस् अनि एक किलो दही, आधा किलो चिनी र एक लिटर दूध हालेर मज्जासँग मुछ्नोस् ।
धेरै सामान बिक्ने भयो, गज्जबकै ग्राहक परेछ भनेर खुसी हुँदै पसलेले भनेअनुसार नै गरेछ ।
सबै एकै ठाँउमा हालेर मुछिसकेपछि शेरेले हात थाप्दै भन्यो, ‘अलिकति यहाँ हाल्नुस् त चाखौँ, पसलेले चाख्नकोलागि शेरेको हातमा हालिदियो ।
शेरेले चाखेर जिब्रो फट्कार्दै भनेछ, ‘वाह ! क्या मिठो भएछ । ल अब मलाई पाँच रुपियाँको दिनुस् त साहुजी !
–
–
पसले ठाउँको-ठाउँ सेन्टिफ्ल्याट !
नोट: हाँस्नु स्वास्थ्यकालागि फाइदाजनक छ । त्यसैले पाठकहरुको मनोरञ्जनकालागि हामीले दैनिक एउटा जोक्स प्रकाशित गर्दै आएका छौं । यसलाई मनोरञ्जनको साधनकैरुपमा बुझिदिनुहोला । – सम्पादक