scheduleमगलवार जेष्ठ ७ गते, २०७६

जोक्स: शेरेको कक्षाका सबैलाई शिक्षकले प्रेमि-प्रेमिकाको नाम लेख्न लगाएपछि

Nepali Jokes_Shereविद्यार्थीहरु पढ्न आउँछन् कि प्रेम गर्न भन्ने पत्ता लगाउन कक्षामा एकदिन शिक्षकले सबै विद्यार्थीलाई एक-एक पाना कपि दिएर आ-आफ्नो प्रेमि-प्रेमिकाको नाम लेख्न भन्नुभएछ । एकजनालाई विशेष पुरस्कार पनि व्यवस्था गरिएको रहेछ ।

शिक्षकलेचाहीँ प्रेमि-प्रेमिका नहुनेलाई इमान्दार विद्यार्थी मान्दै पुरस्कार दिने सोचेका रहेछन् ।

कक्षामा सबैका प्रेमि-प्रेमिका रहेछन् । प्राय:ले पुरस्कारको लोभमा हत्तपत्त नाम लेखेर एक मिनेटभित्रै कपि बुझाएछन् । सबै लभमा रहेको थाहा पाएपछि शिक्षक निरास भएछन् ।

यसो हेरेको शेरेले कपि बुझाएको रहेन छ । शिक्षले मनमनै यसलेचाहीँ पढाइमा ध्यान दिने रहेछ भन्ने सोच्दै पुरस्कार दिने विचार गरेछन् ।

त्यत्तिकैमा शेरेले जुरुक्क उठेर भनेछ, ‘सर, थप कपि दिनुस् न !’

मास्ट’साप ठाउँको-ठाउँ बेहोस्


नोट: हाँस्नु स्वास्थ्यकालागि फाइदाजनक छ । त्यसैले पाठकहरुको मनोरञ्जनकालागि हामीले दैनिक एउटा जोक्स प्रकाशित गर्दै आएका छौं । यसलाई मनोरञ्जनको साधनकैरुपमा बुझिदिनुहोला । – सम्पादक

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob