scheduleशुक्रवार भाद्र ६ गते, २०७६

सामूहिक बलात्कार पछी हत्या

child-rapeकाठमाडौँ,८ वैशाख। पाल्पा–जिल्ला सदरमुकामस्थित तानसेन ११ प्रभास खोलामा आठ वर्षीया बालिकाको सामूहिक हत्या भएको छ । सोमबार राति ८ बजे बालिकाको शव प्रभास खोलामा फेला परेको हो ।

तानसेन ११ लामिडाँडा निवासी ८ वर्षीया वर्षा दर्लामीलाई सामूहिक रुपमा बलात्कार गरेपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । प्रहरीले अनुसन्धानका क्रममा घटनामा संलग्न चार जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाको विवरण भने प्रहरीले सार्वजनिक गरेको छेन् । प्रहरीका अनुसार उनीहरु चारै जना स्थानीय हुन् । प्रहरीका अनुसार वर्षा ट्युसन पढेर घर फर्कदैं गर्दा सोमबार साँझ ६ः३० बजे खोला किनारको सुनसान स्थानमा सामूहिक बलात्कार गर्दा उनी चिच्याएकी थिइन् । चिच्याएपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage