scheduleबुधवार भाद्र ४ गते, २०७६

‘छाउगोठ भत्काउनु भन्दा पहिला मनको गोठरुपी भुतलाई हटाउस्’

chhaupadee-mahila

एकेन्द्र महता/अछाम १९, वैशाख । जिल्लाको शान्तडा गाविसको मुजाबगरमा गाविसलाई छाउगोठ मुक्त घोषाण गर्नेबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गाविस सचिव एव अध्यक्ष ज्ञानबहादुर पुनको अध्यक्षता एव निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसालको विषेश उपस्थितिमा भएको अन्तरक्रियामा गाविसका सबै वडाहरुमा छाउपडी गोठ भए नभएको विषयमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी भुसालले शान्तडा गाविसलाई छाउगोठ मुक्त घोषणा गर्नका लागि स्थानिय गाँउवासी नै बढी सक्रिय हुनुपर्ने  बताए ।

उनले छाउपडीगोठ भत्काउनु भन्दा मानिसको चेतना विस्तार र मनमा रहेको गोठरुपी भुतलाई हटाउनु पर्नेमा जोड दिए । छलफलका क्रममा वडा नं. १ र २ मा अलि बढी समस्या रहेको वडा नं. ६ र ८ मा सामान्य समस्या देखिएको र अरु सबै वडाहरुका महिलाहरु छाउ भएको समयमा घरमै बस्ने गरेका पाईएको छ ।

गाविसलाई छाउगोठ मुक्त घोषणाका लागि धेरै समस्या नरहे पनि पुनः १ हप्ता सम्म अभियान सञ्चालन गरी निकट भविष्यमै छाउगोठ मुक्त गाविस घोषणा गरीने जनाईएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage