scheduleबिहिवार आश्विन ३० गते, २०७६

उत्तरी डोल्पामा यार्सागुम्बा सङ्कलन सुरु

dolpa_districtत्रिपुराकोट (डोल्पा), २० वैशाख । जिल्लाको हिमाली भेगमा यार्सागुम्बा सङ्कलन कार्य सुरु भएको छ ।

वैशाख पहिलो साताबाट नै यहाँका बासिन्दा यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ उक्लने गरेका छन् । सङ्कलनका लागि अन्य जिल्लाबाट समेत सर्वसाधारण डोल्पा आउन थालेका छन् । तर गत वर्ष जस्तो सङ्कलकको हिमाली भेगमा उपस्थिति देखिएको छैन ।

गत वर्ष सङ्कलन गरिएको यार्सागुम्बा बिक्री नभएका कारण यस वर्ष सर्वसधारण खासै उत्साहित छैनन् । अघिल्ला वर्षहरुमा खचाखच भरिने हिमाली फाँट यस वर्ष सुनसान रहेका सङ्कलक रुपबहादुर खत्रीले बताए । ‘गत वर्ष सङ्कलन गरेको यार्सागुम्बा बिक्री नभएकाले अहिले पनि बिक्री हँुदैन कि भन्ने चिन्ता छ,’ उनले भने ।

गत वर्ष सङ्कलन गरेको करिब २०० यार्सागुम्बा चीन लगेर समेत बिक्री नभएको सङ्कलक हंशबहादुर कठायतको भनाइ छ । जिल्लाका विभिन्न ठाउँका बजारहरु सुनसान छन् ।

बर्सेनि न्यून मात्रामा यार्सागुम्बा पाउन थालेपछि सङ्कलन गर्न जानेको सङ्ख्या घटदै गएको बताइएको छ । वैशाख अन्तिम सातादेखि असार मसान्तसम्म जिल्लामा यार्सागुम्बा सङ्कलन गरिन्छ । रासस

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage