scheduleबुधवार भाद्र ४ गते, २०७६

४० अर्ब कर नतिर्ने एनसेलविरुद्ध पूर्वमा ४० युवाको ४ दिने अभियान

कि कर तिराउन कि ताल लगाउन सरकारसँग माग

Ncell

काठमाडौं, २१ वैशाख । नयाँ शक्ति नेपालले राज्यलाई ४० अर्ब कर नतिर्ने एनसेलविरुद्ध सुरु गरेका अभियान देशव्यापी बन्दैछ ।

पूर्वमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता विश्वप्रकाश शर्माको अगुवाईमा एनसेल मोबाइल बहिस्कार अभियान नै थालनी भएको छ । ४० अर्ब नतिर्ने एनसेलविरुद्ध ४० युवाको चार दिने अभियान नाम दिइएको अभियानमा एनसेलबाट फोन नगर्ने र एनसेलबाट आएको फोन नउठाउने कामको सुरुवात गरिएको हो ।

अभियानकर्ताहरुले एनसेललाई कि कर तिराउ कि ताला लगाउ भन्ने माग गरेका छन् । नेता शर्माले यो अभियानलाई प्रभावकारी ढंगले देशव्यापी बनाउने तयारी गरिएको जानकारी दिए । आन्तरिक राजस्व कार्यालयले कर तिर्न पत्र काटेको २ हप्ता बितिसक्दा पनि एनसेलले कुनै प्रतिक्रिया दिएको छैन केही समय अगाडि नयाँ शक्ति नेपालले पनि सरकारलाई नयाँ शकितले कर नतिरे एनसेल देशव्यापीरुपमा बहिस्कार गर्ने चेतावनी दिएको थियो ।

यो पनि पढ्नुहोस्

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage