scheduleबुधवार आश्विन ६ गते, २०७८

कांग्रेस नेता खाँड भन्छन्, ‘सरकारविरुद्ध अविश्वास प्रस्ताव लैजान्छौं’

balkrishna-khandभक्तपुर, २३ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले वर्तमान सरकार परिवर्तनका लागि काँग्रेस भारतको इसारामा अग्रसर नभएको बताएका छन् ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले काँग्रेस सभापतिको भारत भ्रमणका कारण सरकार परिवर्तनका प्रयास भएको भन्ने चर्चा गलत भएको जिकिर गरे ।

‘एमालेले राष्ट्रिय सहमतिको सरकार निर्माणमा अवरोध गरे काँग्रेसले अविश्वासको प्रस्ताव ल्याउँछ, सहमतीय सरकारका लागि एमालेले अवरोध गरे बहुमतीय आधारमा भए पनि सरकार परिवर्तन गराइन्छ,’ उनले भने ।

वर्तमान सरकारले संविधान कार्यान्वयन, पुनःनिर्माण, अन्तर्राष्ट्रिय सम्बन्ध लगायत क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको उनको आरोप छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय