scheduleमगलवार कार्तिक ४ गते, २०७७

‘शैक्षिक परामर्शका नाममा मानव तस्करी’

Abroad Study

काठमाडौं, २५ वैशाख । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा शैक्षिक परामर्श केन्द्रका नाममा मानव तस्करी भइरहेको भन्दै त्यसलाई व्यवस्थित बनाउन माग गरिएको छ।

बैठकमा अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले शैक्षिक परामर्श केन्द्रका नाममा मानव तस्करी भइरहेकाले त्यसलाई तत्काल रोक्न अनुरोध गरे।

‘यहाँ पढ्ने विद्यार्थीको भिसालगायतमा समस्या छैन, तर पढ्ने नाउँमा भटाभट कामदारमा पठाउने काम भइरहेको छ। यसले समस्या ल्याएको छ, सरकारले कुन मुलुकमा पढ्न पठाउन उपयुक्त छ वा छैन भनेर यकिन गरिदिने हो भने समस्या समाधान हुन्छ,’ न्यौपानेले भने।

उनले परामर्श केन्द्रको परामर्श विद्यार्थीका नाममा कामदार पठाउनका लागि रहेको भन्दै यस्ता विकृति रोक्न सरकारले छुट्टै ऐन बनाउनु पर्नेमा जोड दिएका थिए।

समितिको शुक्रबारको बैठकमा सांसदहरुले शैक्षिक परामर्श केन्द्र र म्यानपावर व्यवसायीको गलत कार्यलार्य बाहिर ल्याइदिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई अझै कडाइका साथ प्रस्तुत हुन सुझाव दिएका थिए। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay