scheduleआइतवारबैशाख ५ गते, २०७८

जसले लगाउँछन् सुनकै लुगा

pankaj parakh

काठमाडौं, २५ वैशाख । गरगहना बनाउन मानिसले सुनको प्रयोग गर्छन् । तर , भारतमा एक जना धनाढ्यले सुनकै सर्ट बनाएर लगाउँछन् । त्यो पनि ४ दशमलव १० किलो ग्रामको । आफ्नो ४५ औं जन्मदिनको अवसर पारेर उक्त सर्ट बनाउन लगाएका थिए ।

त्यसयता त्यो सर्टको व्यापक चर्चा हुँदै आएको छ, ‘गिनिस बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ता पनि भइसकेको छ । यसरी चर्चा पाउने र सुनको सर्ट लगाउनेमा महाराष्ट्र नासिकका ४७ वर्षीय कपडा व्यापारी पंकज परख हुन् । सानैमा उनलाई सुनप्रति मोह उत्पन्न भएको थियो । जब उनी पाँच वर्षका थिए, त्यही बेला पहेंला धातुहरूसँग खेल्ने उनको रुचि रहे छ ।

आठ कक्षासम्म मात्रै पढेका उनी विद्यालयबाट ‘ड्रप आउट’ भई परिवारको सानो कपडा व्यापारमा संलग्न भए । तर, पंकजको पहेंलो धातु खासगरी सुनप्रतिको मोह कायमै थियो । सुनको औंठी, सिक्री लगाउने उनका चाहना थियो । एक दिन सुनकै सर्ट लगाउँला भन्ने सोचेकै थिएनन्, उनले । अथक परिश्रम र कडा संघर्षले सुनकै सर्ट लगाउने हैसियतमा पुगेका छन्, अहिले उनी ।

यसका लागि उनले कपडा व्यापारमा धेरै समय खर्चे । फलस्वरूप आम्दानी पनि बढ्दै गयो । त्यही आम्दानीले पंकजले आज ‘सुन मान्छे (गोल्ड म्यान)’ को नाम पाएका छन् । आफ्नो लक्ष्य दृढ र त्यसलाई प्राप्त गर्न कडा संघर्ष गर्न सक्नेको प्रगति एक दिन निश्चित हुँदो रहेछ । पंकज यसको एउटा राम्रा उदाहरण बनेका छन् । महाराष्ट्र राज्यमा राष्ट्रिय कंग्रेस पार्टीका सदस्यसमेत रहेका उनी महाराष्ट्रका एक सफल व्यापारीबाट पनि चर्चित छन् । कान्तिपुर दैनिकमा धनीका कुरा स्तम्भमा उनको खबर छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay