scheduleआइतवारबैशाख ५ गते, २०७८

एउटै सङ्गीतमा ३२१ कलाकारको स्वर

Musicकाठमाडौँ, २६ वैशाख । एउटै सङ्गीतमा ३२१ कलाकारले स्वर दिने भएका छन् ।

मुलुकमा पछिल्लोपटक बिग्रँदै गएको जलवायु परिवर्तनको संरक्षण र सम्बर्द्धनका लागि एउटै सङ्गीतमा ३२१ जना कलाकारले चेतनामूलक जानकारी दिन लागेका हुन् ।

कलाकार निपेश ढाकाको अग्रसरतामा आगामी जेठ ६ गते ३२१ लोकप्रिय कलाकारको आवाजमा वातावरणसम्बन्धी चेतनामूलक गीत रेकर्ड गराइने भएको हो । ढाकाले उक्त अभियानलाई ‘गिनिज बुक अफ द वल्र्ड रेकर्डस्’मा दर्ता गरिने जानकारी दिए ।

उक्त सङ्गीत रेकर्डका लागि रेडियो नेपालको चारवटा स्टुडियो प्रयोग गरिने र ३३ मिनेट ४९ सेकेन्डको हुनेछ । यसलाई म्युजिक भिडियो बनाएर वातावरणसम्बन्धी चेतनामूलक अभियानका रुपमा देशभर प्रचारप्रसार गरिनेछ ।

ढाकाले दिनानुदिन मुलुकमा वातावरणीय ह्रास भइरहेको र यसले प्राकृतिक सन्तुलन, वातावरणीय सुन्दरतालगायत मानवीय जीवनमा नकारात्मक असर पुर्‍याएको भन्दै यस्तो अभियान सञ्चालन गरेको बताए ।

उनले मुलुकका विभिन्न ५३ जिल्लामा गएर वातावरणबाट हुने असरका बारेमा छायाङ्कन गरी वृत्तचित्र निर्माण गरेको र वृत्तचित्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा रहेको उल्लेख गरे । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay