scheduleमगलवार आश्विन २८ गते, २०७६

विद्यार्थी कुर्दै शिक्षक

Yarsa Gumbaदुनै (डोल्पा), ८ जेठ । यार्सागुम्बा सिजन सुरु भएसँगै डोल्पाका विद्यालय बन्द हुँदै गएका छन् । विद्यार्थी वर्षभरिको पढाइ खर्च जुटाउन यार्सा खोज्न पाटनतिर जान थालेपछि विद्यालय बन्द हुँदै गएका हुन् ।

यार्सागुम्बा सिजनमा एक महिनाभन्दा धेरै विद्यालय बन्द भई पठनपाठन प्रभावित हुने भएकाले यस सिजनमा विद्यालय बन्द नगर्न जिल्ला शिक्षा कार्यालयको निर्देशन थियो ।

कार्यालयको निर्देशनअनुसार विद्यालय बन्द नगरेर शिक्षक नियमित विद्यालयमा जाने गरे पनि विद्यार्थी आउन छाडेपछि विद्यालय बन्द हुन गरेको त्रिपुरा माविका प्रधानाध्यापक हेमराज हमालले बताए ।

जिशिकाले अनिवार्यरुपमा विद्यालय खोल्नुपर्ने भनेकाले विद्यार्थी पढ्न आउने आशमा शिक्षक विद्यालयमा कुर्ने गरेको उनले बताए ।

शिक्षक पाटन नगई विद्यालय जाने गरे तापनि विद्यार्थी आउन छाडेपछि विद्यार्थी कुर्दै ४ बज्ने त्रिपुरा माविका शिक्षक पूर्णकेशर न्यौपानेले बताए ।

यार्सा सिजनसँगै विद्यालयमा विद्यार्थीको शून्य उपस्थिति रहेको न्यौपानेले बताए । विद्यार्थी आए शिक्षक पढाउन तयार रहेकाले पठनपाठन प्रभावित हुनुमा शिक्षक दोषी नभएको उनले बताए ।

यार्सा सिजन डोल्पाली विद्यार्थीको कमाइ गर्ने सिजन भएकाले विद्यार्थीलाई रोक्न नहुने सबैजसो अभिभावक र विद्याथीको भनाइ छ । रासस

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage