scheduleमगलवार मंसिर १६ गते, २०७७

विद्युत् चोरी गर्नेहरुबाट आठ लाख असुली

money

पाल्पा, ११ जेठ । विद्युत् प्राधिकरण पाल्पाले विद्युत्को चोरी गरी प्रयोग गर्नेहरुबाट आठ लाख असुली गरेको छ ।

वैशाख महिनामा मात्र प्राधिकरण पाल्पाले आठ लाख जरिवाना सङ्कलन गरेको हो । प्राधिकरणले वैशाख महिनामा विद्युत् चुहावट र विद्युत् चोरी नियन्त्रण अभियान सञ्चालन नै गरेको थियो ।

प्राधिकरणले जिल्लाको कसेनी, सोमादी, छहरा, भुवनपोखरी, चिदीपानी, चापपानी र तानसेन नगरलगायतका क्षेत्रमा निगरानी बढाएको थियो । विद्युत् चोरी गरी प्रयोग गर्नेहरुबाट एक लाख ४९ हजारसम्म जरिवाना असुली गरेको हो ।

दुई कुटानी पिसानी उद्योग र १४ घरमा विद्युत् चोरी गरी प्रयोग गरेको विद्युत् प्राधिकरण पाल्पा शाखाका प्रमुख कपिलराज पाण्डेले बताउनुभयो । विद्युत् तारबाट तानेर मिटरमा नै रेर्कड नदेखिने गरी सिधै बत्ती बालेका हुन् ।

विद्युत् चोरी गर्ने समाजका प्रतिष्ठित व्यक्तिसमेत रहेका छन् । विद्युत् कार्यालयका कर्मचारी शिक्षक, पत्रकार र दलका नेतासमेत विद्युत् चोरी प्रयोग गर्दै आएको प्राधिकरणले जनाएको हो ।

विद्युत् प्राधिकरणले जरिवाना तिरेकाले नाम खुलाउन नमिल्ने जनाएको छ । केही विद्युत् चोरी गर्ने भने पटकपटक जरिवाना शुल्क तिर्दै आएका हुन् । विद्युत् मिटर रिडर उपभोक्ताका घरमा नपुग्दा विद्युत् चोरीका घटना बढेका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay