scheduleशुक्रवार भाद्र ६ गते, २०७६

शेरेको जागिर अन्तरवार्ता, हाँसो रोकिन्न

Son of Shere
शेरेले एउटा कम्पनीमा जागिर खान अन्तरवार्ता दिँदै थियो । अन्तरवार्ता सोध्ने मानिसलाई हँसाएर प्रभावित पार्छु भनेर सोधिएका प्रश्नको यस्तो उत्तर दिएछ ।
प्रश्नः यो कामका लागि किन आवेदन दिनुभएको हो ?
उत्तरः मैले अन्य ठाउँमा पनि आवेदन दिएको थिए । तर तपाईको कम्पनीमा भ्याकेन्सी खुलेपछि यहाँ पनि आवेदन दिएँ ।
प्रश्नः तपाई हाम्रो कम्पनीमा किन काम गर्न चाहनुहुन्छ ?
उत्तरः जीवनमा कुनै न कुनै कम्पनीमा काम गर्नै पर्छ । त्यसैले तपाईको कम्पनीमा काम गर्न चाहन्छु ।
प्रश्नः तपाईले पहिला काम गरिरहेको कम्पनी किन छोड्नु भयो ?
उत्तरः किनभने त्यो कम्पनी अन्तै सरेको थियो । तर कम्पनी कहाँ सरेको थियो भनेर कसैले पनि मलाई बताएन ।
प्रश्नः तपाईको सबैभन्दा सवल पक्ष के हो ?
उत्तरः मैले राम्रो तलव दिने कुनै पनि कम्पनीमा काम गर्न सक्दछु । भलै, यस्तो कम्पनीको कुनै भविष्य नहोस् ।
प्रश्नः के कारणले गर्दा हामीले तपाईलाई नियुक्ति दिनुपर्छ जस्तो लाग्छ ?
उत्तरः तपाईले कसै कसैलाई नियुक्ति गर्नै पर्छ । यही कारणले मलाई नै नियुक्ति दिनुपर्छ भन्ने लाग्दछ ।
प्रश्नः यस अघिको कम्पनीमा रहँदा तपाईको सबैभन्दा ठूलो गल्ती के थियो र उक्त गल्तीबाट के पाठ सिक्नु भयो ?
उत्तरः मेरो सबैभन्दा ठूलो गल्ती पुरानो कम्पनीमा काम गर्नु नै थियो । र मैले धेरै पैसा कमाउनका लागि अर्को कम्पनीमा जानुपर्दछ भन्ने पाठ सिकें । त्यही भएर आज म तपाईको सामुन्ने अन्तरवार्ता दिइरहेको छु ।
प्रश्नः यस भन्दा अगाडि काम गरेको कम्पनीमा के कस्तो उपलब्धी गर्नु भयो ?
उत्तरः यदि मैले पुरानो कम्पनीमा कुनै उपलब्धी गरेको भए तपाईको कम्पनीमा आउने नै थिइन् । त्यही कम्पनीमा बसेर धेरै पैसा कमाउथे नि ।
प्रश्नः तपाईको भावी वा क्यारियर योजना कस्तो छ र त्यो योजनालाई पुरा गर्न के गर्दै हुनुहुन्छ ?
उत्तरः मेरो भावी वा क्यारियर योजना भनेको धेरै पैसा कमाउनु हो । यसका लागि मैले हरेक २ वर्षमा कम्पनी बदल्ने छु ।

( शेरेले यस्तो उत्तर दियो भने तपाईले उसलाई छनौट गर्नुहुन्छ त ?)

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage