scheduleसोमवार भाद्र २ गते, २०७६

छोरी बेच्ने र बलात्कार गर्न खोज्ने पक्राउ

arrestधादिङ, १२ जेठ । आफ्नै छोरीलाई ललाइफकाइ दलालको हातमा बिक्री गर्न लागेका नुवाकोट जिल्ला उर्लेनी बस्ने ४८ वर्षीय एक जनालाई प्रहरीले पक्राउ गरी मङ्गलबार साँझ जिल्ला अदालतमा पेस गरेको छ ।

झापा जिल्ला दमक नगरपालिका–११ का ४३ वर्षीय प्रकाशकुमार आचार्यसहितलाई प्रहरीे पक्राउ गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जीयारले जानकारी दिए ।

आचार्यमार्फत विदेश बेच्न लान लागेको आशङ्कामा धादिङको नौबिसेबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दियो । अभियुक्त दुवैलाई मानव बेचबिखनअन्तर्गत मुद्दा चलाइने प्रहरीे जनाएको छ ।

यसैगरी ४ वर्षीया एक धर्मपुत्रीलाई बलात्कार गरेको आरोपमा कुम्पुर गाविस–४ का ४८ वर्षीय एक जनालाई मङ्गलबार प्रहीले पक्राउ गरेको छ ।

पटकपटक बलात्कार गरेकोे पीडित बालिकाले आमालाई भनेपछि अभियुक्त बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालये जानकारी दिएको छ ।

अभियुक्त बाबुलाई बलात्कार गरेको अभियोगमा मुद्दा चलाउने प्रहरीले जानकारी दिएको छ । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage