scheduleबुधवार भाद्र ४ गते, २०७६

बलात्कारको भिडियो सार्वजनिक भएपछि ब्राजिल स्तब्ध

rape victims
रियाे द जनेरो, १४ जेठ । बलत्कार गरेको एउटा भिडियो सार्वजनिक भएपछि सम्पूर्ण ब्राजिल स्तब्ध भएको छ । घटनाको विरोधमा अधिकारकर्मीले जुलुस निकालेको समाचारमा बताइएको छ ।

प्रहरीले एकजना किशोरीलाई बतत्कार गरेको भिडियो सार्वजनिक गर्ने ३० जनालाई खोजिरहेको बताएका छन् । ती सबैजना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको र यसमा किशोरीका प्रेमी पनि रहेको बताइएको छ ।

४० सेकेण्ड लामो उक्त भिडियोलाई बलत्कारीहरुले ट्विटरमा हालेका थिए । एक किशोरी आफ्नो प्रेमीको घरमा गएको बेला ३० जनाले सामुहिक बतात्कार गरेको समाचारमा बताइएको छ । रियो नदीको पश्चिममा रहेको एउटा गरीव बस्तीमा उक्त घटना भएको जनाइएको छ ।शनिवार भएको बलत्कारपछि आइतवार मात्रै ती किशोरी होशमा आएकी थिइन् । केही दिनपछि बलत्कारीहरुले उक्त घटनाको भिडियो ट्विटरमा राखेको थिए ।

पोष्ट हुनेवित्तिकै ४० सेकेण्ड लामो उक्त भिडियोलाई धेरैले शेयर गरेका थिए । शेयर लगत्तै महिलाविरोधी कमेन्टको ओइरो लागेको थियो । पछि प्रयोगकर्ताको अकाउण्टलाई ट्विटरबाट हटाइएको थियो । यो घटनापछि पूरै ब्राजिल स्तव्ध भएको बिबिसीले जनाएको छ ।

घटनालगत्तै महिला अधिकारकर्मीले विरोधका कार्यक्रम घोषणा गरेका छन् । ब्राजिलमा व्याप्त बलत्कारको संस्कृतिका विरुद्ध एउटा अनलाइन अभियान शुरु गरिएको छ । त्यस्तै युएन वुमनले पनि एउटा विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गर्न माग गरेको छ । उसले छानबिनका क्रममा पीडितलाई सम्मान गर्न र उनको गोप्यतालाई अतिक्रमण गरेर थप पीडा नदिन पनि भनेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage