scheduleबिहिवार चैत्र २७ गते, २०७६

उत्पादन भन्दा उपभोग बढाउने बजेट : डा. महत

Ramsharan_Mahatकाठमाडौं, १६ जेठ । पूर्वअर्थमन्त्री डा. रामशरण महतले बजेटले उत्पादनभन्दा पनि उपभोग बढाउने बताए ।

‘यो बजेट मुद्रास्फीति बढाउने खालको आएको छ, यसले उत्पादन हैन, उपभोग मात्रै बढाउँछ,’ महतले भने, ‘सुन्दा कर्णप्रिय लाग्न सक्छ, तर अध्ययन र तयारीविना आएको यस बजेटमा भनिएका कुनै पनि आयोजना अहिले कार्यान्वयन हुँदैन ।

त्यसका लागि १०/१५ वर्ष लाग्छ ।’ महतले विकास खर्च नहुने भन्दै उपभोगमा मात्रै पैसा खर्च हुने भएकाले त्यसले अर्थतन्त्रलाई नकारात्मक बाटोमा लैजाने पनि बताए । ‘वितरणमुखी यस बजेटले वित्तीय अराजकताको संभावना मैले देखेको छु,’ महतले भने ।

Dish_Home

५ खर्ब ६५ अर्ब राजस्वको प्रक्षेपण

सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँमध्ये ५ खर्ब ६५ अर्ब ८९ करोड रुपैयाँ राजस्वबाट व्यवस्थापन गर्ने भएको छ ।

यस्तै, १ खर्ब ९५ अर्ब ७१ करोड रुपैयाँ वैदेशिक ऋण असुली गर्ने तयारी सरकारको छ । साथै १ खर्ब ११ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी सरकारको छ । सरकारले चालू वर्षको नगद मौज्दात ५९ अर्ब हुने अनुमान गरेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय