scheduleमगलवार मंसिर १६ गते, २०७७

पन्ध्र दिनमा एकपटक धारामा पानी !

पाल्पा, १७ जेठ । पाल्पा जिल्ला सदरमुकाम तानसेनमा खानेपानीको अभाव बढेपछि ट्याङ्करको पानी प्रयोग गर्न बाध्य भएका छन् । खानेपानीको मुहान सुकेपछि तानसेनमा पानीको हाहाकार सिर्जना भएपछि ट्याङ्करबाट पानी किनेर प्रयोग गर्दै आएका हुन् ।

Waterमुहान सुकेपछि १५ दिनमा एकपटक धारामा खानेपानी आउने गरेको छ । वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका तानसेनवासीले यसवर्ष ट्याङ्करको पानी प्रतिलिटर एक रुपैयाँमा खरिद गर्न बाध्य भएका हुन् ।

सदरमुकाम तानसेन र आसपासका क्षेत्रमा खानेपानीको समस्या बढेपछि पानीे खरिद गरेर नै उपयोग गरेको स्थानीयवासीको भनाइ छ ।

तानसेनमा दैनिक २५ लाख लिटर खानेपानीको अभाव रहेको छ । तानसेन उपभोक्ता समितिले अहिले पाँच लाख लिटरमात्र आपूर्ति गरिरहेको छ । पानीको जोहो गर्न नसक्दा उपभोक्ता समिति यतिबेला समस्यामा परेको छ ।

यो वर्ष पानीको मुहान सुकेपछि ग्रामीण भेगमा समेत ट्याङ्करको पानी प्रतिलिटर दुई रुपियाँमा किनेर प्रयोग गरेको बराङ्दीका स्थानीय बासिन्दा सरस्वती बस्यालले बताइन् ।

मुहानमै पानी सुके पनि जडित सबै पम्पबाट पानी आउन सक्ने अवस्था नरहेको र अहिले सातवटा पम्पबाट मात्र पानी आइरहेको तानसेन उपभोक्ता समितिका कोषाध्यक्ष भीमसेन कार्कीले बताए ।

खानेपानीको चरम अभाव हुँदा यहाँका सरकारी कार्यालयमा समेत पिउन र शौचालयमा प्रयोग गर्न पानीको अभाव भएको छ ।

खानेपानीको समस्या बढेपछि तानसेनका गृहणी, विद्यार्थी र कर्मचारीलाई पानीको जोहो गर्न कठिनाइ भइरहेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay