scheduleबुधवार फाल्गुन ७ गते, २०७६

‘लुट२’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं, १८ जेठ । छायाङ्कन अगावै ‘लुट’को सिग्वेल ‘लुट २’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण यूनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गरेर ट्रेलर सार्वजनिक गरेको हो ।

Loot 2

फिल्म निर्माणको घोषणा गरेदेखि नै फिल्मले छुट्टै चर्चा पाएको थियो । निश्चल बस्नेतको निर्देशित फिल्ममा नरेन्द्र महर्जन र माधव वाग्लेको लगानी रहको छ । यी ‘लुट’ कै निर्माण टिम हुन् ।

निर्देशकका अनुसार फिल्मको कथा ‘लुट’को भन्दा बेग्लै रहने र फिल्ममा समसामयिक सामाजिक परिवेश समेटिएको र ‘लुट’ले छाडेको कथालाई निरन्तरता दिइएको छ ।

फिल्ममा सौगात मल्ल, दयाहाङ राई, ऋचा शर्मा लगायतको अभिनय रहेको छ । फिल्म फागुन १३ गतेबाट रिलिज हँदैछ ।

भिडियो हेर्नुहोस्ः

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय