scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

धनुषामा एक महिलाको सामूहिक बलात्कार, ४ पक्राउ, २ अझै फरार

rape victimsधनुषा, १८ जेष्ठ । धनुषामा एक महिलालाई बलात्कार गरेको आरोपमा चारजनामाथि मुद्दा दायर गरिएको छ ।

धनुषाका प्रहरी नायव उपरीक्षक नकुल पोखरेलका अुनसार जनकपुर उपमाहनगरपालिका– २४ का आकाश सहनी, वडा नं. २३ का अमर साह, १८ वर्षीय फिरोज राइन र महोत्तरी गौशाला नगरपालिका–७ का राजेश साहमाथि करणी मुद्दा दायर गरिएको हो ।

जनकपुरको नयाँ बस बसिौनीमा यही जेठ १० गते साँझ ७ बजेतिर छजना युवाले ३५ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ ।

पीडित महिलाले चिच्याएर हल्ला गरेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए । घटनालगत्तै प्रहरीले बलात्कार आरोपमा चार युवकलाई पक्राउ गर्न सफल भएपनि दुईजना अझै फरार भएको धनुषा प्रहरीले जनाएको छ । रासस

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage