नेपाली युवती भारतमा बलात्कृत
काठमाडौं, १९ जेठ । एक नेपाली युवती भारतको कोलकत्तामा बलात्कृत भएकी छिन् ।
आइतबार राती बाटो बिराएर गन्तब्यमा पुग्न नसकेकी २५ वर्षीया युवतीलाई ४ जनाको युवाको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ।
युवतीले बाटो अलमलिएपछि कारमार्फत एक कफिसपसम्म लिफ्ट दिने बताएक ४ जना युवाले तीब्र गतिमा कार हुँइक्याउँदै केही टाढा लगेर पालैपालो बलात्कार गरेको प्रहरीकने भनाइ छ। नेपाल समाचारपत्र दैनिकमा खबर छ।