scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

बलात्कारीलाई राज्यको विभूषण, खुट्टी हेर्दै थाहा भयो नानीको ताइँ

kp cabinet meeting

काठमाडौं, १९ जेठ । मुलुकको मुहान फेर्न सपना बाँडेर नथाक्ने केपी ओली सरकारले प्रोत्साहित र पुरस्कृत गरेका मानिस हेर्न हो भने ‘खुट्टी हेर्दै थाहा भयो नानीको ताइँ’ हुने पक्का छ । सपना र योजना हुन नराम्रो नभएपनि त्यसलाई पूरा नगर्दा मानिसमा जाग्ने निराशाले उल्टो परिणाम नदेखाउन भन सकिन्न्न ।

गणतन्त्र दिवसको अवसर पारेर बतात्कारको आरोपमा धनुषाधाम नगरपालिकाबाट खेदाइएका रामबाबु मण्डलले प्रवल जनसेवा श्री पदक पाएका छन् । सिराहाका स्थायी बासिन्दा रामबाबुले सो नगरपालिकामा कार्यकारी अधिकृत हुँदा केही अघि मात्र त्यहीँकी एक युवतीलाई बलात्कार गरेका थिए ।

युवतीले रामबाबुले जागिरदेखि पैसाको समेत प्रलोभन दिई जबरजस्ती यौनसम्बन्ध राखेको आफन्तलाई बताएपछि स्थानीय उठेर तत्कालै स्पष्टिकरण मागेका थिए । तर उनले आफूभन्दा निकै कम उमरेकी युवतीसँग सम्बन्ध राखेको स्वीकारेपछि स्थानीयले आाक्रमणको प्रयास गरे ।

कुटपिटबाट भागेर बचेका उनी स्थानीयले प्रहरीमा समेत उजुरी गरेपछि जनकपुर टिक्न सकेनन् । त्यसपछि मन्त्रालयका मानिसलाई भनी काठमाडौं फर्केर स्थानीय विकास मन्त्रालयमै हाजिर गरी बसेका छन् । जनआस्था साप्ताहिकमा खबर छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage