scheduleशनिवार मंसिर २० गते, २०७७

दूध बेचेर पाँच लाख आम्दानी

Milk1पाल्पा, ३ असार । व्यावसायिक रुपमा पशुपालन गर्न थालेपछि रामपुर नगरपालिकाका किसानले दूध बेचेर मनग्य आम्दानी गर्न थालेका छन् ।

किसानले दूध बेचेर वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न थालेका छन् । रामपुर क्षेत्रमा उत्पादित दूध स्थानीय बजारमा नै खपत हुने गरेको छ । रामपुरमा मासिक २३ हजार लिटर दूध खपत हुने गरेको सीताकुण्ड दुग्ध उत्पादन सहकारी संस्थाले जनाएको छ । गत आवमा यहाँका किसानले दूध बिक्री गरी रु ९० लाख आम्दानी गर्न सफल भएका थिए । यस आवको ११ महिनाको अवधिमा रु ५८ लाखको दूध बिक्री भएको सहकारीका अध्यक्ष कमल भट्टराईले जानकारी दिए ।

सहकारीले बिना धितो आफ्ना सदस्यलाई ५० हजारसम्म ऋण उपलब्ध गराउने गरेको छ । चारवटा सङ्कलन केन्द्रमार्फत किसानले उत्पादन गरेको दूध डेरीसम्म पुर्‍याइन्छ । सहकारीले एकहजार ४०० पशुको पशु बिमा समेत गरेको व्यवस्थापक हरि सिग्देलले बताए ।

‘क्षतिपूर्ति पाउने व्यवस्थाले किसानलाई राहत पुगेको छ,’ उनले भने । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay