scheduleशुक्रवार आश्विन १ गते, २०७८

भारतीय विशेषदूतसँग वार्ता गर्न अस्ट्रेलिया जाँदै प्रचण्ड

Pushpa Kamal Dahal Prachanda

काठमाडौं, ६ असार । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसै हप्ता अस्ट्रेलिया भ्रमणमा जाने भएका छन् । प्रचण्ड एक हप्ते भ्रमणमा अष्ट्रेलिया जान लागेका हुन् ।
भ्रमण तालिका अनुरुप २०७३ असार ९ गते (जुन २३ तारिख) मेलवर्नमा उत्रिने कार्यक्रम तय गरेका प्रचण्डले त्यहाँको नेपाली समाजसँग भेटघाट गर्ने छन् भने २४ तारिख सिड्नी पुग्ने छन् । अष्ट्रेलियामा प्रचण्ड औपचारिक कार्यक्रममा भन्दा अनौपचारिक र गोप्य भेटघाट र कार्यक्रममा बढी समय व्यस्त हुनेछन् ।

अस्ट्रेलिया भ्रमणको क्रममा अध्यक्ष प्रचण्ड अस्ट्रेलिया नै पुगेका भारतीय विशेषदूतसँग नेपालको राजनीतिका बारेमा विशेष गोप्य वार्ता गर्ने कार्यक्रम समेत रहेको कुरा विश्वस्त स्रोतले बताएको भन्दै साँघु साप्ताहिकले खबर लेखेको छ ।

विश्वस्त स्रोतको हवाला दिँदै साँघुले अगाडि लेखेको छ– प्रचण्डले नयाँ दिल्ली भ्रमण गर्दा बढी हल्ला र बद्नाम हुने ठहर गर्दै ओली सरकार ढडाल्ने डिजाइन अस्ट्रेलियामा बनाउने योजनासहित प्रचण्डको एक हप्ते भ्रमण तय गरिएको हो ।

अस्ट्रेलियाबाट प्रचण्ड फर्के लगत्तै सरकारले प्रस्तुत गरेको २०७३/०७४ आर्थिक वर्षको बजेट व्यवस्थापिका संसदबाट फेल भयो भने पनि आश्चर्य नमाने हुन्छ भन्छ स्रोत ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय