scheduleमगलवार कार्तिक ११ गते, २०७७

एमालेमा सबै उपाध्यक्षले खोजे भूमिका

UML Party Office Dhumbarahi

काठमाडौं, १६ असार । एमालेका केन्द्रीय उपाध्यक्षहरूले नयाँ जिम्मेवारी माग गरेका छन् । स्थायी कमिटीले सातवटै प्रदेशमा प्रदेश संगठन कमिटी गठन गरेपछि ‘बेरोजगार’ बन्ने स्थिति आएको भन्दै चारै उपाध्यक्षले नयाँ जिम्मेवारी माग गरेका हुन् ।

तत्कालीन उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि एक उपाध्यक्षको पद भने रिक्त छ ।
प्रदेश कमिटीपछि उपाध्यक्ष भूमिकाविहीन
नवौँ महाधिवेशनबाट पारित एमाले विधानमा पाँच उपाध्यक्षलाई पाँच विकास क्षेत्रको कामको अनुगमन र संयोजन गर्ने जिम्मेवारी दिइएको छ । तर, प्रदेश कमिटी गठनसँगै पुरानो ढाँचाको अञ्चल र विकास क्षेत्र स्वत: खारेज भएपछि उपाध्यक्षहरू भूमिकाविहीन भएका हुन् । एमालेले स्थायी समितिबाट करिब पाँच सय नेता–कार्यकर्ता रहने गरी अघिल्लो साता प्रदेश संगठन कमिटी गठन गरिसकेको छ । तर, संयोजकको टुंगो लगाएको छैन ।

विकास क्षेत्रको संरचना विघटनपछि उपाध्यक्षहरू कामविहीन
संस्थापनको प्रस्ताव
प्रदेश १– संयोजन/अनुगमनकर्ता– अष्टलक्ष्मी शाक्य/ईश्वर पोखरेल
संयोजक– सुवास नेम्वाङ
प्रदेश २– संयोजन/अनुगमनकर्ता– घनश्याम भुुसाल
संयोजक– सत्यनारायण मण्डल
प्रदेश ३– संयोजन/अनुगमनकर्ता– ईश्वर पोखरेल/अष्टलक्ष्मी शाक्य
संयोजक– सुरेन्द्र पाण्डे
प्रदेश ४– संयोजन/अनुगमनकर्ता– विष्णु पौडेल
संयोजक– किरण गुरुङ
प्रदेश ५– संयोजन/अनुगमनकर्ता– वामदेव गौतम
संयोजक– शंकर पोखरेल
प्रदेश ६– संयोजन/अनुगमनकर्ता– युवराज ज्ञवाली
संयोजक– मुकुन्द न्यौपाने
प्रदेश ७– संयोजन/अनुगमनकर्ता– भीमबहादुर रावल
संयोजक– छविलाल विश्वकर्मा

संयोजकको ‘सकस’मा तीनपटक बैठक स्थगित
प्रदेश संगठन कमिटी गठनसँगै एमालेमा संस्थापन र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच संयोजक र सचिवमा विवाद देखिएको छ । विवादकै कारण गत ४ असारयता तीनपटक डाकिएको स्थायी समिति बैठक स्थगित भएको छ ।
संस्थापन र नेपाल पक्षको अंकगणित
प्रदेश संयोजक पदाधिकारीबाट कि स्थायी समितिबाट बनाउने भन्ने विषयमा विवाद छ । संस्थापन पक्ष स्थायी समितिबाट बनाउँदा नेपाल समूहको एकजना मात्रै पर्ने हिसाब–किताबमा छ भने नेपाल पक्ष भने उपाध्यक्षहरूलाई जिम्मेवारी दिएर बाँकी पदाधिकारी या सदस्यमध्येबाट गर्दा बहुमत संयोजक हात पार्ने हिसाबमा छ । उपाध्यक्षमध्ये महाधिवेशनबाट गौतमबाहेक ज्ञवाली, शाक्य र रावल नेपाल समूहबाट निर्वाचित भएका हुन् । नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले खबर लेखेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay