scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

आगलागीबाट पाँच लाखभन्दा बढी क्षति

firingबैतडी, २१ असार । दार्चुलाको लटिनाथ गाविस–५ सार्सीमा आगलागी हुँदा पाँच लाखभन्दा बढीको क्षति भएको छ ।

स्थानीय गोपाल विष्ट र अदुवा विष्टको घरमा आगलागी हुँदा पाँच लाख बढीको क्षति भएको प्रहरीले बताएको छ ।

आगलागीबाट क्षति भएको घरको मूल्याङ्कन गर्दा पाँच लाख २३ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लटिनाथका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।

इलाका प्रहरी कार्यालयको एक टोलीले सार्सीमै पुगेर सोमबार घर जलेको मुचुल्का तयार पारेको बताइएको छ ।

शनिबार राति एक्कासि घरमा आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लुगाकपडा समेत जलेर नष्ट भएका स्थानीय दिनेश सिंहले जानकारी दिए । रासस

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage