scheduleबुधवार आश्विन ६ गते, २०७८

अविश्वास प्रस्तावमा हाम्रो पनि समर्थन छ- अध्यक्ष साह

Haricharan Shahलहान, ३० असार । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा दर्ता गराइएको अविश्वासको प्रस्तावमा आफ्नो पार्टीको पनि समर्थन रहेको बताएका छन् ।

पार्टीको कार्यक्रममा सहभागी हुन सिरहाको लहान आइपुगेका अध्यक्ष साहले बिहीबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘वर्तमान सरकार मुलुकको समस्या समाधानमा असफल भइसकेकाले प्रधानमन्त्रीको विपक्षमा दर्ता गराइएको अविश्वासको प्रस्तावमा आफ्नो दलको समर्थन छ ।’

सरकारलाई दिएको समर्थन नेकपा (माओवादी केन्द्र)ले फिर्ता लिइसकेकाले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिएर अर्काे सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्नुपर्ने उनले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय