scheduleबुधवार आश्विन ६ गते, २०७८

पहिला आर्थिक विधेयक पारित गरेर अगाडि बढौः सभामुख घर्ती

फाइल फोटो
फाइल फोटो

काठमाडौं, ४ साउन । सभामुख ओनसरी घर्तीले आर्थिक विधेयक पारित गरेर मात्रै अविश्वासको प्रस्तावमा छलफल गर्दा राम्रो हुने बताएकी छन् । मंगलबार प्रधानमन्त्री ओलीसँग छलफल गरेपछि उनको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

मंगलबार आफ्नै निवासमा सञ्चारकर्मीसँग बोल्दै घर्तीले आर्थिक विधेयक पारित गरेर सरकारविरुद्धको अविश्वासको प्रस्तावमा छलफल गर्न दलहरुलाई अनुरोध गरेकी छन् । सत्ता पक्षले आर्थिक विधेयकलाई कार्यसुचिमा नराखेको भनेर सभामुखको आलोचना गरिरहेका बेला उनको यस्तो भनाई बाहिर आएको हो । सञ्चारकर्मीसँग बोल्दै उनले भनिन्, ‘दलहरुबीच सहमति हुन्छ भने म कुनै पनि विकल्प रोज्न तयार छु ।’

ओली सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली काँग्रेस र माओवादी केन्द्रसँग आर्थिक विधेयकलाई पारित गरेर मात्रै प्रस्तावमाथि छलफल गर्न भनेको तर उनीहरु नमानेको समेत घर्तीले बताइन् ।
सभामुख घर्तीले आफूले तटस्थ भूमिका निर्वाह गरेको समेत दावी गरेकी छन् । आफूलाई माओवादीको मात्रै सभामुख भनेर नहेर्न पनि आग्रह गरेकी छन् ।

प्रधानमन्त्रीसँग मंगलबार विहान भेटेकी घर्तीले केही लचिलो हुने संकेत गरेकी छन् । विहिबार १० बजेसम्म सहमति नभए आफू प्रक्रियामा जाने भन्दै दलहरुलाई चाँडो सहमति खोज्न समेत आग्रह गरेकी छन् । संसदमा अविश्वासको प्रस्तावमाथि विहिबार छलफल हुदैछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय