scheduleबुधवार आश्विन ६ गते, २०७८

अविश्वास प्रस्तावमा पहिला छलफल हुनुपर्ने कांग्रेस-माओवादीको अडान

deuba-prachanda

काठमाडौं, ५ साउन । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले व्यवस्थापिका संसदमा बस्ने बिहीबारको बैठकमा अविश्वास प्रस्तावमाथि पहिला छलफल हुनुपर्ने बताएका छन् ।

नेकपा एमालेले बजेटसम्बन्धी विधेयकलाई पारित गरेर मात्रै अविश्वासको प्रस्तावमाथि छलफल गर्न सकिने भनेपछि काँग्रेस र माओवादी केन्द्रको यस्तो प्रतिक्रिया आएको हो । कांग्रेस संसदीय दलको कार्यालयमा बसेको दुई दलको बैठकले अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूचि बनिसकेको र सभामुखले पनि यसमाथि छलफल गर्ने भनेकोले सोही अनुरुप अगाडि बढ्नु पर्ने निर्णय गरेको हो । बैठकले आर्थिक विधेयकमाथिको छलफललाई त्यसपछि मात्रै अघि बढाउनु पर्ने ठहर गरेको छ ।

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले बिहीबारको वैठकको कार्यसूचिमा अविश्वास प्रस्ताव राखेर त्यसमा नै छलफल गर्नुपर्ने बताए। सभामुखले कार्यसूचिमा अविश्वासको प्रस्ताव राखिसकेको र संसदलाई रुलिङ गरिसकेको भन्दै उनले यस्तो दाबी गरेका हुन्।

अाजै बसेको एमाले संसदीय दलको बैठकले संसदमा पेश भइसकेको आर्थिक विधेयकमाथि छलफल नभई अविश्वासको प्रस्तावमाथिको छलफल अघि बढ्न नसक्ने र यदि जबर्जस्त अघि बढाउने प्रयास भए त्यस्तो प्रयासको प्रतिकार गर्ने निर्णय गरिसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय