scheduleबुधवार आश्विन ६ गते, २०७८

एमालेले भनेको कुरा साँचो नभएको कांग्रेस नेताको दावी

 

Ramesh Lekhakभक्तपुर, ६ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नयाँ सरकार गठनमा कुनै अन्योल र द्विविधा नरहेको बताएका छन् ।

काँग्रेस भक्तपुरद्वारा विहीबार भक्तपुरमा ३४ औँ बिपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेकपा एमालेले भनेजस्तो नयाँ सरकार गठनका लागि संविधानमा कुनै अन्योल र द्विविधा नभएको जिकिर गरे ।
सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेका अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर संवैधानिक मार्गप्रशस्त गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, पूर्वसभापति गणेशमान चक्रधर, नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ लगायतले बिपीका विविध पक्षबारे प्रकाश पारेका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय