scheduleशनिवार आश्विन ४ गते, २०७६

पन्ध्र करोडको भारतीय गुट्खा भित्रियो

Gutkhaपर्सा, २१ साउन । वीरगन्ज नाकाबाट बर्सेनि १५ करोडभन्दा बढीको भारतीय गुट्खा अवैध रुपमा भित्रिने गरेको छ ।

खुल्ला सिमानाका कारण भरियामार्फत सो गुट्खा भित्रिने गरेको छ । बिहार सरकारले राज्यमा गत अप्रिल महिनादेखि गुट्खाको उत्पादन, बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएपछि तस्करले उत्तर प्रदेशको लखनउ र गोरखपुरबाट गुट्खा र पान मसाला आयात गर्दै आएका छन् ।

वीरगन्जमा दैनिक रजनीगन्धा, राजनीवास, तुलसी र अन्य ब्राण्डका गुट्खा आयात हुने गरेको नेपाल राष्ट्रिय पान व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष लालबहादुर वरै बताउछन् । वीरगन्जमा दैनिक रजनीगन्ध तुल्सी ५० किलो, राजनिवास एकसय किलो र अन्य गुट्खा करिब ५० किलोको परिमाणमा खपत हुने गरेको पाइएको छ ।

वीरगन्जमा गत आवमा राजस्व तिरेर ४३ हजार ४९ मूल्यको २० किलो भारतीय गुट्खा आयातकर्ताले भ्यिाएको भन्सार कार्यालय प्रमुख सेवन्तक पोखरेलले बताए । अघिल्लो आवमा भारतीय गुट्खाबाट २८ हजार राजस्व सङ्कलन भएको थियो । भारतबाट एक किलो गुट्खा आयात गर्दा ३७५ अन्तःशुल्क, ३० प्रतिशत भन्सार महसुुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर भ्याट गरी कुल एक हजार ४३३ राजस्व बुझाउनुपर्ने भन्सार कार्यालयले जनाएको छ ।

गत आवमा वीरगन्जबाट प्रहरीले एक करोड ७५ लाख मूल्यको अवैध भारतीय गुट्खा बरामद गरेको थियो । गत आवमा पानमण्डीबाट ७० लाख, रजतययन्ती र कुम्हाल टोलबाट ५५ लाख र आदर्शनगरबाट ५० लाख बराबरको भारतीय गुट्खा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage