ड्रोनले बढायो झनै सुरक्षा चुनौती
काठमाडौं, २४ साउन । नेपाली आकाशमा मानवरहित स्वचालित विमान (ड्रोन) को अनाधिकृत प्रवेशसँगै सुरक्षा र गोपनियतामा गम्भीर चुनौती थपिएको छ ।
प्रहरीले वैशाखमा नियन्त्रणमा लिएका १० मध्ये पाँच विदेशी नागरिकले नेपालका विभिन्न स्थानमा ड्रोनबाट लिएका दृश्य शंकास्पद पाइएका छन् ।
तिनमा निषेधित र अति गोप्य क्षेत्र तथा क्रियाकलापका तस्बिर र दृश्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले ड्रोनको प्रयोगले आकाश मात्र नभई राष्ट्रिय सुरक्षामा समेत चुनौती थपिएको बताए । नागरिक दैनिकमा खबर छ ।