scheduleमगलवार कार्तिक ४ गते, २०७७

‘वैदेशिक रोजगारीका नाममा नेपाली चेली बेचिए’

foreign employment girlभक्तपुर, २८ साउन । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण बज्राचार्यले वैदेशिक रोजगारीका नाममा धेरै नेपाली चेली बेचिएको बताए ।

उनले विदेशमा गएर पैसा कमाउने लोभमा गाउँका मात्र नभई सहरीया महिलासमेत दलालको लहलहैमा फसेको उल्लेख गरे ।

भक्तपुर जिल्ला विकास समितिअन्तर्गतको महिला समन्वय समितिले प्रदान गरेको सम्मान ग्रहण गर्दै प्रहरी उपरीक्षक बज्राचार्यले मानव तस्करीको जालो ग्रामीण भेगमा मात्र नभई सहरी क्षेत्रमा समेत व्याप्त रहेको बताए। उनले उच्च शिक्षा हासिल गरेका र आर्थिक हैसियत राम्रै भएका समेत अमेरिका युरोप जाने प्रलोभनमा मानव तस्करीको जालोमा पर्ने गरेको चर्चा गरे ।

उनलाई नेपाली काँग्रेसका सांसद रामेश्वर ढुङ्गेलले कदरपत्र र दोसल्ला ओढाई सम्मान गरेका थिए।  प्रहरी उपरीक्षक बज्राचार्यलाई गत ३० जुनमा अमेरिकी विदेश मन्त्रालयले नेपालमा ‘मानव बेचबिखनविरुद्ध सक्रिय काम गरेको’ भन्दै ‘२०१६ हिरो एक्टिङ टु एन्ड मोर्डन स्लेभरी’ पुरस्कारले सम्मान गरेको थियो । उनले केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी को ‘तीन नम्बर पिल्लर’ मा छँदा महिला बेचबिखनविरुद्ध अनुसन्धान गर्दै ‘डान्सर’ का रूपमा अफ्रिकी मुलकमा हुने महिला तस्करी र ‘म्यारिज ब्युरो’ का नाममा हुने महिला तस्करीको पर्दाफास गरेका थिए ।

कार्यक्रममा सांसद ढुङ्गेलले एसपी बज्राचार्यको कार्यले नेपाल प्रहरीको कार्यक्षमता विश्वका कुनै प्रहरी सङ्गठनभन्दा कम नभएको प्रमाणित गरेको बताउँदै प्रहरीलाई स्रोत साधनयुक्त बनाएर स्वतन्त्र र व्यावसायिक ढङ्गले काम गर्ने वातावरण निर्माण गर्नसके ठूलाठूला अपराधीसमेत कानुनी कठघरामा उभिनुपर्ने अवस्था आउने धारणा राखे । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay