scheduleमगलवार फाल्गुन १३ गते, २०७६

ओलीका कारण विप्लवमा विद्रोह?

Netra Bikram Chand Biplav

काठमाडौं, ६ भदौ । टुट-फुट र विभाजन खेप्दै आइरहेका नेपालका कम्युनिष्ट पार्टीहरुमा ‘एकता’ प्रिय लाग्नु पर्ने हो। तर, प्रचण्डको नेतृत्वबाट अलग भएर भिन्न अस्तित्वमा रहेका दुई पार्टी एक भएपनि त्यो पार्टीमा खुसीयाली नछाएर बरु विग्रह देखापरेको छ ।

विप्लव नेतृत्वको नेकपा माओवादीमा हेमन्तप्रकाश ओलीको पार्टी २०७३ भदौ ६ गते विलय हुँदा विप्लवको पार्टीमा चरम असन्तुष्टि देखापरेको खबर छ । २०७३ भदौ ५ गते आइतबार मात्र समाहित ओली नेतृत्वको पार्टीका नेताहरुलाई दिन लागिएको पदका कारण विप्लवको पार्टीमा असन्तुष्टि चुलिएको खबर विप्लव निकट स्रोतबाट थाहा भएको छ।

स्रोतका अनुसार, २०७३ भदौ ४ गते शनिबार विप्लव माओवादीको राजधानी बाहिर बसेको केन्द्रीय समिति बैठकमा यही विषयकै कारण चर्को विवाद उत्पन्न भएको थियो। विप्लवले एकता गरेर आउन लागेकाहरुलाई स्थायी समिति सदस्य र पोलिटब्युरो दिने प्रस्ताव गरेपछि सशस्त्र क्रान्तिको तयारीमा रहेको भनिएको पार्टीमा विवादको जन्म हुन पुगेको हो।

माओवादी स्रोतका अनुसार, विप्लवको यस्तो प्रस्तावमा मूल्य, निष्ठा र सिद्धान्तको राजनीति गर्ने नेताका रुपमा चिनिने असारे काका, चित्रबहादुर आले मगर, सन्तोष बूढामगरलगायतले तीव्र असहमति जनाएका छन् । उनीहरुले विप्लवको प्रस्तावमा असहमति मात्रै होइन, कडा आपत्ति नै जनाएर बैठकबाट उठेको बताइन्छ। साँघु साप्ताहिकमा खबर छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय