scheduleसोमवार आश्विन १२ गते, २०७७

निजामती कर्मचारीको पुनःसंरचना आवश्यक : मन्त्री बुढाथोकी

Keshav Kumar Budhathoki

भद्रपुर, १९ भदौ । समान्य प्रशासनमन्त्री केशवकुमार वुढाथोकीले राजनीतिकर्मी र राष्ट्रसेवक कर्मचारीबीच सुमधुर सम्बन्ध रहनुपर्ने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा उपस्थित कार्यालय प्रमुखहरुलाई आज निर्देशन दिँंदै उनले परिवर्तित सन्दर्भमा निजामती कर्मचारीको पनि पुनःसंरचना हुन आवश्यक रहेको बताए ।

उनले राष्ट्रसेवक कर्मचारीले जहिले पनि जनतालाई शिरोधार्य गरेर काम गर्नुपर्ने सुझाव दिंँदै सेवाग्राहीलाई अन्याय हुने कुनै पनि काम नगर्न कर्मचारीलाई निर्देशन दिए । आस्थाको आधारमा कुनै पनि कर्मचारीलाई भेदभाव नगरिने उनको भनाइ थियो ।

मन्त्री वुढाथोकीले संविधानको कार्यान्वयनमा कर्मचारीको भूमिका अग्रणी रहने भएकाले कर्मचारीले जनताका संविधानप्रदत्त अधिकार प्रयोगमा सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी मदन भुजेल, स्थानीय विकास अधिकारी खेमराज ओझा, जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुईटेल, नेपाल निजामती कर्मचारी आधिकारीक ट्रेड युनियन झापाका अध्यक्ष लक्ष्मी गुरागाई, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) झापाका कार्यवाहक अध्यक्ष कपिलविक्रम चेम्जोङले पनि आ–आफ्ना कार्यालयका बारेमा जानकारी गराएका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय