scheduleबुधवार मंसिर २५ गते, २०७६
Bajaj
Global IME

पोखरामा जमिन भासिँदा दुई घर जोखिममा

Pokhara Land

पोखरा, २० भदौ । पोखराको मुख्य बजार चिप्लेढुङा पन्थिगल्लीस्थित सर्वेश्वरमार्गमा जमिन भासिँदा दुई घर जोखिममा परेका छन् ।

गत रातभरी परेको अबिरल वर्षाका कारण बाटोको पानी घरको जगभित्र छिर्दा राधाकृष्ण रौनियारको घरका दुवै सटर झरेका छन् भने प्रेम अधिकारीको चारतल्ले घरसमेत जोखिममा परेको छ ।

शनिबार दिनभरी ब्यापार गरेको राति घर गएको र बिहान पसल रहेको सटर भासिएको सुन्दा आफू अचम्ममा परेको कस्मेटिक पसल सञ्चालक ध्रुवशरण पराजुली बताउँछन् ।

पोखराको विन्ध्यवासिनी घरभई व्यापार गर्दैै आएका उनी भन्छन्, पोखरामा केही दिन यता अत्यधिक वर्षा भएको कारण सडकमा ढलको व्यवस्था नहुँदा जमिन भित्र पानी छिरेर भासिएको हुन सक्दछ ।

उक्त भासिएको स्थानको पोखरा उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालयको टोलीले स्थलगत निरीक्षण गरी भासिएको भ्वाङ स्थानीय पहलमा पुरेपछि बाटो सुचारु गरिएको जिल्ला प्रहरी प्रवक्ता गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

पोखरा उपत्यकाको भूवनोटको परीक्षण गरी कमजोर स्थानमा तुरुन्त व्यवस्थित ढल निर्माण गरिनुपर्ने स्थानीय बासिन्दाको माग रहेको छ । रासस

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage