scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

सुबिनको ‘मनसुन’ असोज ८ मा सार्वजनिक हुँदै

काठमाडौं, २ असोज । यूवापुस्ताका लोकप्रिय बनेका साहित्यकार सुबिन भट्टराईको चौथो साहित्यिक कृति तथा तेस्रो उपन्यास ‘मनसुन’ असोज ८ गते विमोचन हुने भएको छ ।

mansun

पाठकले लामो समय प्रतिक्षा गरेको पुस्तकको रिलिज डेट तोक्दै लेखक भट्टराईले पुस्तकको कभर सामाजिक सञ्जालमा राखेर सार्वजनिक गरेका हुन् ।

Dish_Home

समर लभ र सायामा जस्तै मनसुनको कभरमा पनि मोडलको उपस्थिति रहेको छ । मनसुनको कभरमा मोडलले छाता ओढिरहेको देखिन्छ । किशोर कायस्ले बनाएको कभरमा प्रियंका रानी जोशी मोडलको रुपमा रहेकी छिन् ।

सुबिन भट्टराईको साहित्य यात्रा भने ‘कथाकी पात्र’ कथासंग्रहबाट सुरु भएको थियो । त्यसपछि उनको ‘समर लभ’ उपन्यास निकै नै चर्चित बनेको थियो । समर लभको सिक्वेल ‘साया’ ले पनि उतिकै चर्चा बटुलेको थियो ।

उक्त विमोचन समारोह प्रज्ञा प्रतिष्ठानको डबलीमा हुनेट । मनसुनलाई फाइनप्रिन्टले बजारमा ल्याउन लागेको हो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय