scheduleमगलवार आश्विन २८ गते, २०७६

चरेस र यार्सागुम्बासहित इरानी नागरिक पक्राउ

arrestकाठमाडौँ, ९ असोज । अवैध लागुऔषध चरेस र यार्सागुम्बासहित इरानी नागरिक भहिद निक्जामिरलाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरोद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित स्क्रिन जाँचका क्रममा शनिबार उनलाई पक्राउ गरेको हो ।

सुटकेसमा फल्सबटम बनाई लुकाइछिपाई जेट एअरवेजबाट मुम्बई हुँदै श्रीलङ्काको कोलम्बो लाने क्रममा प्रहरी जाँचका सिलसिलामा बरामद गरिएको हो ।

पहिलोपटक सन् २०१३ मा नेपाल आएका भहिद यसपटक गत साउन ६ गते नेपाल आएका थिए । नेपालको चरेस राम्रो हुन्छ भनी यसपटकको पोखरा बसाइका क्रममा बाग्लुङमा गई आफैँ गाँजा सङ्कलन गरी आफैँले चरेस बनाएको र आफ्नो श्रीलङ्का बसाइका क्रममा आफ्नै लागि सेवन गर्न हाल चरेस लैजान लागेको उनले प्रहरीलाई बयान दिएका छन् ।

उनका साथबाट ४०५ ग्राम यार्सागुम्बासमेत बरामद भएको ब्युरोले आज जनाएको छ । रासस

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage