scheduleआइतवार जेष्ठ २ गते, २०७८

अमेरिकी लोक गायक बब डिलनलाई साहित्यतर्फको नोबेल पुरस्कार

bob-dilan-nobel-prize-of-music

वासिंगटन डिसी, २७ असोज । सन् २०१६ को लागि साहित्यतर्फको नोबेल पुरस्कार चर्चित गीतकार तथा गायक बब डिलनलाई प्रदान गरिएको छ ।

नोबेल समितिले अमेरिकी गीतसंगीत क्षाेत्रमा नयाँ आयाम दिएको भन्दै बब डिलनलाई यो पुरस्कार प्रदान गरिएको हो । कुनै पनि गीतकारलाई सम्भवतः पहिलोपटक उनको गीतको लागि नोबेल पुरस्कार दिइएको छ । गीतको लागि कविहरुलाई नोबेल पुरस्कार प्रदान गरिसकिएको छ । तर बब डिलनको प्रायः गीतहरु संसारभरी नै लोकप्रिय छन् ।

उनको सबैभन्दा लोकप्रिय गीतहरुमा मिस्टर टैंबूरिन मैनदेखि लिएर लाइक ए रोलिंग स्टोन, ब्लोइंग इन द विंड र द टाइम्स दे आर चेजिंगलगायत रहेका छन् ।

साठीको दशकमा आफ्नो गितार र गलाले संगीतको दुनियाँमा आएका बब डिलनलाई लोक गीतको रक स्टार भर्सन पनि भन्न सकिन्छ । उनी अमेरिकामा मात्र होइन, दुनियाँभरका संगीतप्रेमीका प्रिय रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय