scheduleआइतवारबैशाख ५ गते, २०७८

धादिङको मैदीमा तिहार विशेष सांस्कृतिक कार्यक्रम

धादिङ, ११ कात्तिक । धादिङ जिल्लाको मैदी गाविसमा तिहार विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
यही कात्तिक १४ गते लक्ष्मी पुजाको दिन कार्यक्रम आयोजना गरिएको आयोजक संस्था सहिद बिसो स्मृति प्रतिष्ठानले जनाएको छ । संयोजक अर्जुन शाहीका अनुसार कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारहरुको सहभागिता हुनेछ ।

त्यस्तै कार्यक्रममा नेपाल सरकारका कृषि राज्य मन्त्री राधिका तामाङसहित विभिन्न व्यक्तित्वहरु सहभागी हुने बताइएको छ । ‘हामीले कार्यक्रमको भव्य तयारी गरिरहेका छौँ,’ शाहीले भने । पर्यटकीय दृष्टिले निकै मनोरम मानिने मैदी गाविसबाट विभिन्न हिमश्रृंङखलाहरु नियाल्न सकिन्छ । मैदी गाविस जिल्ला सदरमुकाम धादिङबेसीबाट १८ किलोमिटर उत्तरपश्चिमतर्फ रहेको dhading-maidi-cultural-programछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay