scheduleशनिवार आश्विन ४ गते, २०७६

पुरुषलाई गर्भनिरोधको लागि नयाँ आविष्कार, अब एक इन्जेक्सन नै काफी !

injection-for-male-1

अमेरिकी वैज्ञानिकहरुले पुरुषको लागि एक सुरक्षित र प्रभावकारी इन्जेक्सन तयार गरेका छन्, जसले पुरुषको शुक्राणुलाई निष्क्रिय गरिदिन्छ ।

वैज्ञानिकहरुका अनुसार उक्त इन्जेक्सन अहिलेसम्म करीब २ सय ७० पुरुषहरुमा प्रयोग गरिसकिएको छ । यसले ९६ प्रतिशत काम पूर्णरुपमा गरेको पाइएको छ । केवल चार प्रतिशतमा भने यसको प्रभावकारी नतिजा देखिएन ।

यसैगरी इन्जेक्सनको प्रयोगपछि एकदमै कममा मात्र अतिरिक्त प्रभाव वा साइड इफेक्ट देखियो । अत्यन्तै कम मानिसहरुलाई मूड बिग्रनेदेखि डण्डीफोर आउनेसम्मका दुष्प्रभाव देखिएको छ । अहिले वैज्ञानिकहरु करीब २० वर्षका पुरुषका लागि एक प्रभावकारी गर्भनिरोधक बनाउनको लागि अनुसन्धान गरिरहेका छन् ।

अनुसन्धानको क्रममा शुक्राणु नै बन्न रोक्न सक्ने प्रभावकारी तरिकाको खोजी वैज्ञानिकहरुले गरिरहेको बीबीसीले जनाएको छ । यसले गर्दा प्रयोगकर्तामा कुनै असर नदेखियोस् भन्ने उनीहरुको चाहना छ । तर पुरुषहरुको प्राकृतिकरुपमा लगातार शुक्राणु निर्माण प्रक्रिया भइरहन्छ । सामान्यतः शुक्रकिट बन्ने गति १.५ करोडप्रति मिलिलिटर हुन्छ । यदि यो गतिलाई १० लाख प्रति मिलिलिटरभन्दा कम गर्नुछ भने उच्च स्तरको हर्मोन परिचालित गर्नुपर्दछ ।

injection-for-male-2

यो अध्ययन क्लिनिकल एन्डोक्रिनोलोजी एण्ड मेटाबोलिज्म नामको पत्रिकामा प्रकाशित भएको थियो । यसलाई इनडक्राइन सोसाइटीमा छापिएको छ । यो अध्ययन १८ देखि ४५ वर्षसम्मका मानिसमाथि गरिएको थियो जसको कम्तिमा एक वर्षसम्म एउटै साथीसँग सम्पर्क थियो । अध्ययनका लागि उनीहरुको पार्टनरको पनि सहमति लिइएको थियो ।

अध्ययनको सुरुमा उनीहरुको सामान्य अवस्था निश्चित गर्न पुरुषको शुक्राणुको संख्या जाँचिएको थियो । फेरि उनीहरुलाई ८ हप्ताको अन्तरालमा हर्मोनको दुई इन्जेक्सन दिइएको थियो । उनीहरुलाई बाँकी ६ महिनासम्म नजिकबाट अध्ययन गरिएको थियो जतिबेलासम्म उनीहरुको शुक्राणुको संख्या १० लाखभन्दा कम आउँदैन ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage