जोक्स: लडाईं हुनेवाला छ !
शेरेले हुर्तुराउँदै जुस पसलमा पुगेर भनेछ, ‘दाइ छिट्टो एक गिलास जुस दिनुस् त, लडाईं हुनेवाला छ ।
पसलेले चुपचाप उसलाई जुस दिएछ ।
जुस पिएपछि उसले भनेछ, ‘दाइ फेरि एक गिलास दिनुस् त, भर्खरै लडाईं हुनेवाला छ ।’
पसलेले चुपचाप दोस्रो गिलास जुस पनि दिएछ । अनि सोधेछ, ‘भाइ लडाईंचाहिँ कहिले हुन्छ ?’
अघि भर्खरसँग तपाईं-तपाईं भनिरहेको शेरेले त्यसपछि जंगिदै भनेछ, ‘जब तैँले पैसा माग्छस्, त्यसपछि हुन्छ लडाईं !’
पसले ठाउँको ठाउँ बेहोस् ।