scheduleबिहिवारफाल्गुन २० गते, २०७७

व्यवस्थापिका–संसद् विशेष समय, मोर्चाद्वारा सदन बहिष्कार

फाइल फोटो
फाइल फोटो

काठमाडौँ, २६ कात्तिक । नेपाली काँग्रेसका डा रामशरण महतले भारतमा पाँचसय र एक हजार दरका नोटको प्रतिस्थापनासम्बन्धी निर्णयबाट नेपाली नागरिकमा परेको अन्यौललाई चिर्न सरकारले तत्काल चासो दिन सुझाव दिए ।

व्यवस्थापिका–संसद्को आजको विशेष समयमा उनले भने, ‘स्रोत खुलेका, साना व्यवसायी र पेन्सन प्राप्त गरिरहेका व्यक्तिको हितका रक्षा गर्न सरकारबाट तत्काल आवश्यक कदम चालियोस् ।’ पूर्व अर्थमन्त्री डा महतले भारु नोटका कारण उत्पन्न परिस्थितिको समय नै सम्बोधन गर्न नसकिएन भने कालोधन सेतो बनाउनसक्ने घटनाप्रति सचेत हुन आवश्यक रहेकामा जोड दिए ।

नेकपा एमालेका सुरेन्द्र पाण्डेले भारु प्रतिस्थापन गर्ने निर्णयले दीर्धकालीन रुपमा नेपालको अर्थतन्त्रलाई माथि उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘अर्काको देशको पैसा बोकेर हुँदो नहेनछ भन्ने हामीलाई राम्रो सन्देश दिएको छ, यसले कारोबारलाई पारदर्शी तुल्याएको हुँदा अर्थतन्त्रमा सकारात्मक सङ्केत गर्दछ, हामीसित त्यत्ति धेरै मात्रमा भारु नोट नरहेको मैले बुझेको छु ।’

पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले सरकारले पनि भारु प्रतिस्थापनबाट पर्नसक्ने असरलाई कम गर्न ध्यान दिन आग्रह गर्दै यही मौकाबाट कालोधनलाई सेतो बनाउन सक्ने कार्यलाई रोक्न आग्रह समेत गरे ।

नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले औषधि उपचारको रकम तिर्न नसकेर हालै विराटनगरमा एक व्यक्तिले आत्महत्या गरेको भन्दै घटनाको छानबिन गर्न माग गरे ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का गीता क्षेत्रीले मुलुकको संस्कृति र सभ्यतासँग जोडिएको भाषालाई राजनीतिक दृष्टिले मात्र नहेर्न सुझाव दिँदै संविधान संशोधन गर्ने समयमा यस्ता विषयलाई हेक्का राख्न सझाव दिइन् ।

यसैबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरुले सदनको आजको बैठक बहिष्कार गरेका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकको आरम्भमा मोर्चाका तर्फबाट सङ्घीय समाजवादी फोरम संसदीय दलका नेता अशोक राईले वर्तमान सरकार गठन भएयता नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा मोर्चाका बीच भएका तीनबुँदे सहमति कार्यान्वयन नभएको भनी रोष व्यक्त गरे ।

उनले सहमति कार्यान्वयन गर्नेतर्फ सरकार उदासीन रहेको आरोप लगाउँदै सहमति कार्यान्वयनका लागि दबाब दिन बैठकबाट बाहिरिन लागेको बताए ।

उनका साथमा संविधान संशोधनको माग गरिरहेका मोर्चाका आबद्ध दलका सांसदहरु बैठककक्षबाट बाहिरिए । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay