scheduleमगलवार आषाढ़ ३० गते, २०७७

विजयी खेलाडीलाई तीन/तीन लाख नगद दिने खेलकुद मन्त्रीको घोषणा

nepal-champions

काठमाडौं, ३० कात्तिक । एएफसि सोलिडारिटी कप विजेता नेपाली फुटबल टोलीको प्रत्येक खेलाडीलाई प्रतिव्यक्ति तीन लाख नगद दिने युवा तथा खेलकुद मन्त्रीले घोषणा गरेका छन् । मन्त्री दलजीत श्रीपालीले विजयी खेलाडीलाई पुरस्कार स्वरुप तीन/तीन लाख नगदले सम्मान गर्ने घोषणा गरेका हुन् ।

मंगलबार मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेपछि मन्त्री श्रीपालीले यस्तो घोषणा गरेका हुन् । यो जितसँगै नेपाली राष्ट्रिय टिमले २३ वर्षपछि अन्तराष्ट्रिय स्तरको आधिकारिक प्रतियोगितामा उपाधि हात पारेको हो । यद्यपी उमेर समूह र अन्य प्रतियोगितामा गरी नेपालले खेलेका पछिल्ला तीन प्रतियोगितामा यो तेस्रो उपाधि हो ।

‘हाम्रा खेलाडीहरुले अन्तर्राष्ट्रिय रुपमा ठूलो विजय हासिल गरेका छ,’ मन्त्री श्रीपालीले भने,‘यो विजयले हाम्रो सान र गरिमालाई उच्च बनाएको छ । नेपाल सरकारले विजयी खेलाडीलाई प्रतिव्यक्ति तीन लाख नगदले सम्मान गर्ने निर्णय गरेको छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय