scheduleबिहिवार भाद्र ५ गते, २०७६

मधेससँगको सम्बन्ध बढाउनुपर्छ–नेता पौडेल

Ramchandra Poudelचितवन, १ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र समावेशिता बचाउनका लागि मधेसका नेतालाई सहमतिमा ल्याउनुपर्ने बताएका  छन् ।

तराई अभियानको आज पूर्वी चितवनको खैरहनीबाट सुरु गर्दै उनले मधेससँगको सम्बन्ध बढाएर लैजानुपर्ने बताए । मधेसप्रतिको दृष्टिकोण सबैेभन्दा बढी काँग्रेसको सकारात्मक रहेको भन्दै उनले सरकारले मधेससँगको सम्बन्ध अझै बढाउनुपर्ने विचार व्यक्त गरे ।

राज्य पुनः संरचनाको विषयमा मधेसमा देखिएको समस्या समाधान गर्नुपर्ने भन्दै उनले कतिपय सवालमा आयोग बाधक बनेको बताए । आयोगले जनसङ्ख्याको आधारमा पुनःसंरचनाको मापदण्ड बनाउँदा मधेसमा समस्या देखिएको उनकोे भनाइ थियो ।

अभियानले काँग्रेसको सङ्गठन मजबूत बनाउन सहयोग पुग्ने अनुमान गरिएको छ । भोलि मकवानपुरमा, मङ्सिर ३ गते वारा, ४ गते रौतहटमा, ५ गते सर्लाहीमा, ६ गते महोत्तरी र ७ गते धनुषामा तराई अभियान कार्यक्रम गरिने बताइएको छ । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage