scheduleमगलवार फाल्गुन १३ गते, २०७६

पुरानै संरचनामा भएपनि स्थानीय निकायको निर्वाचन गर्नुको विकल्प छैन : मन्त्री महत

पर्सा, १ पुस । परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतले व्यवस्थापिका संसद्लाई अवरुद्ध गरी देशलाई अनिर्णयको बन्दी बनाउन नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन पर्सा शाखाले शुक्रबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकलाई निकास दिन दलहरुबीच सबैभन्दा बढी संवाद र छलफलको अवश्यकत्ता रहेकै बेला देशको दोस्रो ठूलो दल नेकपा (एमाले)ले संसद्लाई अवरुद्ध गरी मुलुकलाई अनिर्णयको घेरामा राख्नु राष्ट्रहितमा नभएको बताए ।

मन्त्री महतले संसद्मा भएको अवरुद्धतालाई समाप्त पारी छलफल र संवादको मध्यमबाट निकास खोज्न एमाललेलाई आग्रह गर्दै दलहरुको अल्पकालीन राजनीतिक स्वार्थका कारण मुलुक अप्ठ्यारोमा पारेको उल्लेख गरे ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री महतले मुलुकको दिगो आर्थिक विकासलाई ध्यानमा राखेर दलहरुले आ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्तावको विरोधलाई छाडेर संविधान कार्यान्वयनको उपयुक्त वातावरण बनाउनका लागि एमाले र मधेसवादी दल लाग्नुपर्ने विचार व्यक्त गरे ।

संविधान कार्यान्वयनका लागि स्थानीयलगायत तिन तहकै निर्वाचन तोकिएकै समयसिमामा गराउन आवश्यक रहेको बताउँदै उनले पुरानै संरचनामा भए पनि सक्दो छिटो स्थानीय निकायको निर्वाचन गरी मुलुकलाई अगाडि बढाउनुको विकल्प छैन भने ।
मन्त्री महतले पुनःसरचना आयोगको मापदण्डले देशभरिनै विवाद जन्माएकाले पुरानै संरचनामा भएपनि स्थानीय तहको निर्वाचन सम्पन्न गरे संविधान कार्यान्वयनमा सहजता आउने जिकिर गरे ।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले भारतसँग भएको सम्झौता अनुसार गण्डकनहर निर्माण नभएकाले सम्झौता अनुसार निर्माण गर्न परराष्ट्रमन्त्रालयबाट पहल भएको बताउँदै उक्त नहरबाट ४० हजार क्युसेट पानी नेपाललाई दिने सहमति भए पनि अहिले २५ हजार क्युसेट पानी पुर्‍याउने संरचना मात्र निर्माण भएकाले सम्झौता अनुसार संरचना निर्माण गर्न मन्त्रिस्तरीय सहमति भएको जानकारी दिए । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय