scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

एनजिओ फर्किए छाउगोठ ब्युँतिए

सुर्खेत, ६ पुस । सुर्खेत जिल्लामा गैरसरकारी संस्था (एनजिओ) ले छाउपडीविरुद्ध अभियान चलाए । गाउँमा रहेका छाउगोठ धमाधम भत्काए, धामीहरुलाई पनि अभियानमा लाग्न बाध्य बनाइयो ।

अभियानमा महिलाले महिनाबारीको समयमा घरभित्र पस्ने आँट पनि गरे । तामझामसहित ठूलो रकम खर्चेर गाउँलाई छाउपडीमुक्त घोषण पनि गरियो । तर दाताले बजेट उपलब्ध गराउन छाडेपछि अहिले एनजिओहरु अभियान छाडेर फर्किएका छन् ।

एनजिओ फर्किएसँगै गाउँमा पुनः छाउगोठ ब्युँतिन थालेका छन् ।

छाउगोठ भत्काइएका कारण कतिपय महिला तथा किशोरी महिनाबारीका बेला रुखको पेद र खुला आकाशमुनि रात बिताउन बाध्य छन् । यसबाट उनीहरु थप जोखिममा परेका छन् ।

सुर्खेत र दैलेखमा छाउपडीविरुद्ध अभियान सञ्चालन गरेको वातावरण सुधार समाज दाताले बजेट रोकेपछि कार्यक्रम अवधि सकिएको भन्दै फर्किएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage