scheduleसोमवारमाघ १२ गते, २०७७

बढुवाका लागि पढ्न भन्दै दुई हजार सरकारी हाकिम बिदामा, सेवाग्राही मर्कामा

काठमाडौं, ७ पुस । अहिले करिब दुई हजारभन्दा बढी सरकारी कार्यालयका प्रमुखहरू बिदामा बसेका छन् । बढुवाको लागि हुने परीक्षाको तयारी गर्न र अधिकृतस्तरका मात्रै करिब दुई हजार कर्मचारी विदामा बसेका छन् ।
बिदा नलिएका कर्मचारी समेत कार्यालयमा हाजिर मात्रै गरेर र्फकने गरेका छन् । लोकसेवा आयोगले अहिले विभिन्न सेवा समूहको सहसचिव पदको परीक्षा लिँदै छ ।
गत मंसिरदेखि सुरु भएको परीक्षा सहभागी हुन जिल्लादेखि केन्द्रसम्म कार्यरत उपसचिव र अधिकृतस्तरका करिब दुई हजार निजामती कर्मचारी परीक्षाको तयारीमा छन् । उनीहरु बिदा वस्न थालेपछि मन्त्रालय, विभाग तथा विभिन्न निकायको कामकाज प्रभावित हुन थालेको छ ।
कर्मचारीहरु बिदामा बसेपछि सेवाग्राही मर्कामा परेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay