scheduleमगलवार कार्तिक ४ गते, २०७७

विभागकै सेटिङमा मानव तस्करी

काठमाडौं, १८ पुस । वैदेशिक रोजगार विभागकै कर्मचारी र केही म्यानपावर व्यवसायीले खाडी मुलुकमा घरेलु कामदार पठाउने नाममा ‘मानव तस्करी’ गर्दै आएको खुलेको छ ।

अवैधानिक ढंगले घरेलु कामदार बनेर खाडी मुलुक जानेलाई निरुत्साहन गर्नुको सट्टा विभागकै कर्मचारी आर्थिक प्रलोभनमा परी मानव तस्करलाई प्रश्रय दिइरहेका छन् ।

श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागको संरक्षणमा विभाग मातहतको ताहाचलस्थित काठमाडौं कार्यालयले गैरकानुनी ढंगले श्रम स्वीकृत दिएर मानव तस्करीलाई प्रश्रय दिएको हो ।

सरकारले नयाँ कामदारलाई घरेलु कामदारमा जान प्रतिबन्ध लगाएका मुलुकमा विभागका कर्मचारीले श्रम स्वीकृत नवीकरण (रिइन्ट्री) र वैधानीकरणको (लिगलाइजेसन)का नाममा अनियमितता गरिरहेको स्रोतको दावी छ ।

सरकारले कुवेत, ओमान, बहराइन, साउदी, कतारलगायतका मुलुकमा नयाँ कामदार पठाउन प्रतिबन्ध लगाएको छ । सरकाले घरेलु कामका लागि जान नयाँ कामदारमाथि प्रतिबन्ध लगाए पनि वैदेशिक रोजगार विभागका कर्मचारीको मिलेमतो (सेटिङ)मा झूटो विवरण बनाएर श्रम स्वीकृति दिइएको भेटिएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay