scheduleआइतवार भाद्र १ गते, २०७६

विवाह समारोहमा डेढ दर्जनभन्दा बढी मोबाइल चोरी

महोत्तरी, ११ माघ । महोत्तरीको गौशालामा भएको एक विवाह समारोहमा डेढ दर्जनभन्दा बढी मोबाइल चोरी भएको घटना आज सार्वजानिक भएको छ ।

गौशाला–७ का निशान्त साहको बहिनी रोजी साहको गत आइतबार भएको विवाह समारोहमा १९ वटा विभिन्न कम्पनीका मोबाइल चोरी भएको हो ।

विवाहमा सरिक भएका अतिथि एवम् आफन्तहरु राती सुतेको मौका छोपी सो परिमाणको मोबाइल क्रमिक रुपमा चोरी भएको पीडित निशान्तले बताए ।

विभिन्न व्यक्तिका गरी चोरी भएका मोबाइल करिब  चार लाख मूल्य बराबरको रहेको उनले जानकारी दिए। सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage