scheduleबिहिवार बैशाख १२ गते, २०७६

फेसबुकमा एक-अर्काको कुरा काटेर के हुन्छ र ?

चन्द्र प्रसाद सापकोटा

दुई दिनको जिन्दगी कत्ति टेन्सन लिने हो ।  एकदिन मरेर जानैपर्छ । फेसबुकमा मानिसहरुले एकअर्कालाई कुरा काटिरहेको देख्छु ।  कुरा काटेर पाउनु के छ र ?  दुई दिनको जिन्दगी हाँसौँ गाऔं रमाऔ … । जत्ति नै ठूला गफ गरेपनि हामी नेपालीले अर्काको देशमा आएर दुःख नगरी हुँदैन । त्यसैले टेन्सनलाई साइडमा राखौं, अरुलाई गाली गर्न छोडौं ।

देशको सबैलाई चिन्ता लाग्छ,  मलाई पनि लाग्छ ।  देशमा यस्ता घटनाहरु भइरहेको देखिरहेका छौं । गर्ने के त ?

– राजा फ्याँकिए ।

– सिके राउत जन्मिए ।

– पृथ्वीनारायणलाई बिर्सिए ।

-प्रधानमन्त्री सालमा ४ जनासम्म देखिए ।

– जनताभन्दा नेता धेरै भए ।

– भारतले देशको साँचो लगिसक्यो ।

– नियम कानुन हुनेखाने र गुण्डाहरुलाई लाग्न छोड्यो ।

– नेपाल रहने-नरहने निश्चित हुन छोडिसक्यो ।

– राम्रो गर्न खोज्नेले २ महिना पनि देश चलाउन पाउँदैनन् ।

– नेपाली युवा दिनदिनै ३/४ हजार अरु देशमा काम गर्न जानुपरेको छ ।

त्यसैले साथी हो, हाम्रो अगाडी यी कुरा भएर पनि हामी यहाँ होटलमा पाले बसेर, ट्वाइलेट सफा गर्दै, कन्ट्रक्सनमा बेल्चा उचाल्दै फुर्सद हुनासाथ यहाँबाट फेसबुकमा कराएर केही हुनेवाला छैन l  हुने कुरा भै हाल्छ l  जुन कसैले रोकेर रोक्न सक्दैन ।  आफु बाँच्ने मेलो गरौं, खुसी हुन कोसिस गरौं । यहि नै हो सबै भन्दा ठूलो कुरा l

विदेशमा दुःख गर्दा कहिलेकाँही सारो गारो पर्छ, सबैले मिलेर सहयोग गरौं, किनकी नेपालीलाई नेपालीले नै हेर्ने हो अरुले हेर्दैन ।  देशमा मिल्न नसके पनि यहाँ चाहिँ मिलेर बसौं, यो पार्टी को यो मान्छे हो, त्यो पार्टी को यो मान्छे हो भनेर नछुट्याऊँ, राजनीतिक आस्था सबैमा हुन्छ, त्यो आफ्नो ठाउँमा छ l तर अर्काको देशमा राजनीति होइन, सामाजिक सेवा गरौं l

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob